चौबिस घण्टामा १ हजार ५१४ नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई ३ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ५१४ जनाको पीसीआर नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २९ जना सक्रिय संक्रमित रहेका छन् ।