गोरखामा ३५ जनामा डेंगु संक्रमण

24
Shares

काठमाडौँ, २६ साउन । साउन महिनामा तीन साताको अवधिमा गोरखामा ३५ जनामा डेङ्गु संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा २३ जना डेङ्गु संक्रमित भेटिएका छन् ।

आरुघाटमा ६ जना, भिमसेन थापा गाउँपालिकामा ३ जना, पालुङटार, शहिद लखन र बारपाक सुलिकोटमा १र१ जनामा डेङ्गु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाकी सूचना अधिकारी स्मृति चौधरीले बताइन् ।

११ स्थानीय तह रहेको गोरखामा ६ वटा पालिकामा डेंगु संक्रमण देखिएको उनले बताइन् । जिल्लामा डेंगीको बढ्दो अवस्थामा रहेकाले स्थानीय तह र सरकारवाला निकायलाई समुदायस्तरमा सचेतना कार्यक्रमसहित सरसफाइ अभियानलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।

गाउँपालिकाले अव्यवस्थित रुपमा राखिएका टायरहरु हटाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *