अमेरिकामा मातृ मृत्युदर ६० वर्ष यताकै उच्च

एजेन्सी । अमेरिकामा पछिल्लो ६० वर्षमा मातृृमृत्यु दर बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)को प्रतिवेदन अनुसार सन् २०२१ मा १ हजार २०५ जना महिला सुत्केरी हुने क्रममा मृत्यु भएका छन् ।

सीडीसीका अनुसार सन् २०२० मा संख्या ८६१ जना र २०१९ मा ७५४ जनाले गर्भावस्थामा ज्यान गुमाएका थिए ।

रिपोर्टका अनुसार त्यहाँ श्वेत महिलाहरुको तुलनामा अश्वेत महिलाहरुको मृत्यु दोब्बर बढी छ । सन् २०२१ मा श्वेत महिलाको मातृमृत्यु २६.६ प्रतिशत थियो भने अश्वेत महिलाको ६९.९ प्रतिशत रहेको थियो । यो मृत्युदर श्वेत महिलाको तुलनामा २.६ गुणाले बढी थियो ।

यो गम्भीर संकट हो : ह्वाइट हाउस
पछिल्लो रिपोर्ट तर्फ प्रतिक्रिया दिदै ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारिन जीन पियारले भनिन् ‘यो देशका लागि गम्भीर संकटको कुरा हो । विश्वको सबैभन्दा शक्तिशाली मुलुकमा यस्तो अवस्था देखिनु निकै लाजमर्दो कुरा हो ।’

अमेरिकन कलेज अफ ओब्स्टेट्रिशियन एण्ड गाइनोकोलोजिष्टका अध्यक्ष इफत अब्बासी होस्किन्सले कारोना भाइरसका कारण गर्भावस्थामा महिलाको बढी मृत्यु भएको आशंका गरे ।

 


Leave a Reply

Your email address will not be published.