बाल शल्य चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु


काठमाडौँ, ३ चैत । बाल शल्य चिकित्सकहरुकोे अन्तराष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौँमा सुरु भएको छ । नेपाल बाल शल्य चिकित्सक संघको आयोजनामा भएको दुई दिने सम्मेलन बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु भएको हो ।

नेपालमै पहिलो पटक भएको बाल शल्य चिकित्सकहरुको सम्मेलनको उदघाटन स्वास्थ्य सचिव डा रोशन पोखरेलले गरेका छन् । सो अवसरमा बोल्दै सचिव डा पोखरेलले सरकारी सेवामा बाल शल्य चिकित्सकको दरबन्दी ज्यादै न्युन रहेको भन्दै संख्या बढाउनु पर्नेमा आफू रहेको बताए । उनले नयाँ ओएनएममा प्रादेशिक र २०० शैय्या माथिका अस्पतालहरुमा कम्तीमा १ जना बाल शल्यचिकित्सक राख्ने गरी व्यवस्था मिलाउन लागिएको समेत जानकारी दिए ।

देशको ३३ प्रतिशत जनसंख्या १८ बर्ष मुनिका बालबालिका रहेका छन् । तर नेपालमा देशभर बाल शल्य चिकित्सकको संख्या २९ रहेको छ । यसमध्ये सरकारी सेवामा ५ जना मात्रै रहेको छ ।

सम्मेलन व्यवस्थापन समितिका सचिव एवं बाल शल्यचिकित्सक प्राडा विजय थापाले सम्मेलनमा नेपाल सहित ९ वटा देशबाट करीव २०० जना चिकित्सकहरुको सहभागिता रहेको बताए । उनले भारत, बंगलादेश, अमेरिका, जापान, बेलायत, पाकिस्तान, सिंगापुरबाट शल्यचिकित्सिकहरु आएको जानकारी दिए ।
सम्मेलनमा १०० वटा सोधपत्र, त्यसमा करीव १५ वटा पोष्टर प्रस्तुति रहेको बताए ।

नेपाल बाल शल्यचिकित्सक संघका अध्यक्ष प्राडा रामनन्दनप्रसाद चौधरीले यस सम्मेलनले बाल शल्य चिकित्सा सेवामा नविनतम प्रविधि र पद्धतीबारे जानकारी हुने बताए । उनले नेपालमा भइरहेको बाल शल्यचिकित्सा सेवा र विदेशमा भइरहेको शल्यचिकित्सा सेवाबारेमा अनुभवन आदानप्रदान समेत हुने बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *