गर्भमा हुर्कदै गरेको शिशुको शल्यक्रिया गरि मुटुको भल्भ खोलियो

एजेन्सी । भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)का चिकित्सकले आमाको गर्भमा हुर्कदै गरेको शिशुको मुटुको शल्यक्रिया गरेका छन् । चिकित्सकहरुले बेलुन डाइलेशन पद्धतीमार्फत शल्यक्रिया गरी गर्भको शिशुको बन्द भएको मुटुको भल्भ खोलिदिएका हुन् ।

चिकित्सकहरुले यो शल्यक्रिया ९० मिनेट लागेको भन्दै अहिले गर्भवती आमा र गर्भमा रहेको शिशु सुरक्षित रहेको बताएका छन् ।

यो शल्यक्रिया एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा भएको हो । अहिले चिकित्सकहरुले गर्भमा हुर्कदै गरेको शिशुकोका मुटुको कोठाहरुको विकासको निगरानी गरिरहेका छन् ।

गर्भमै शिशुको मुटुको समस्या
अस्पतालमा भर्ना भएकी २८ वर्षीया गर्भवतीको यसअघि तीन पटक गर्भपतन भएको थियो । पछिल्लो पटकको गर्भ रहे पनि हुर्कदै गरेको शिशुमा मुटु सम्वन्धी समस्या देखिएको थियो । चिकित्सकहरुले ती गर्भवती र उनका पतिलाई पेटमा हुर्कदै गरेको शिशुको मुटुको अवस्था छ भन्दै सुधार गर्न शल्यक्रिया गर्नु पर्ने सल्लाह दिएका थिए । गर्भवती र उनका पतिले पनि चिकित्सकको सल्लाह मानिन र आफ्नो पेटमा हुर्कदै गरेको शिशुको मुटुको शल्यक्रिया गराउन तयार भईन् ।

चिकित्सक टोलीका अनुसार गर्भमा शिशु हुँर्कदै गर्दा कहिलेकाँही गम्भीर किसिमको मुटुको समस्या भएको देखिन सक्छ । यस्तो समस्या गर्भावस्थामा नै ठिक गरियो भने जन्मेपछि बच्चा स्वस्थ रहने सम्भावना बढी हुन्छ ।

कसरी गरियो शल्यक्रिया
शल्यक्रियामा सहभागी चिकित्सकका अनुसार पेटमा हुर्कदै गरेको शिशुमा बेलुन डाइलेसन पद्धतीबाट शल्यक्रिया गरिएको हो । ‘यो भिडियो एक्सरे गरे जस्तै गरी गर्न सकिन्छ । यसका लागि हामीले आमाको पेटबाट गर्भको शिशुको मुटुमा एक सुई लगायौँ । त्यसपछि बेलुन क्याथेटरको मद्धतबाट बन्द रहेको भल्भ खोल्यौँ, जसबाट रगत प्रवाह राम्रो भयो । हाम्रो आशा छ अब शिशुको मुटु राम्रोसंग विकास हुन्छ । जन्मेपछि मुटुजन्य समस्या हुने सम्भावना कम हुन्छ’ शल्यक्रियामा सहभागी चिकित्सकले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *