निजामती कर्मचारी अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको अवसर

काठमाडौँ, ३० फागुन । निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।
अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



