नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित, महासचिवमा सञ्जीव शर्मा कट्टेल
निर्वाचित अधिकांश पदाधिकारी र सदस्यहरु ललितमोहन पन्त समूहको बर्चस्व
काठमाडौँ, २१ फागुन । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) अध्यक्ष पदमा ललितमोहन पन्त निर्वाचित भएका छन् । आज विहानै सकिएको मतगणनामा पन्तले निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
आज विहानै सकिएको मतगणनाको परिणाम निर्वाचन समितिले औपचारिक घोषणा नगरे पनि नेपाली हेल्थलाई निर्वाचित व्यक्तिको विवरण प्राप्त भएको छ ।
सो अनुसार दुई जना उपाध्यक्षहरुमा अमृत गौरो र देवानन्द साह निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष महिला तर्फ संगिता विष्ट निर्वाचित भएकी छन् ।
यसैगरी महासचिव पदमा सञ्जीव शर्मा कट्टेल निर्वाचित भएका छन् ।
सचिव दुई पदमा केदार प्रसाद साह र विवेक श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्ष पदमा गोपिना राई निर्वाचित भएकी छन् ।
सह कोषाध्यक्ष पदमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्य खुल्लामा श्रृष्टि प्रजापति र मनोज भट्टराई निर्वाचित भएका छन् भने सदस्य महिलामा शौभाग्य डंगोल निर्वाचित भएकी छन् ।
मतगणना विहान करीव साढे तीन वजे नै सकिएपनि औपचारिक घोषणा भने भइसकेको छैन् ।
हिजो भएको २३ औँ कार्यसमिति छनौट निर्वाचनमा कुल मतदाताको संख्या १८०० थियो ।
त्यसमध्ये ९९२ जना मतदानमा सहभागि भएका थिए । मतगणना हिजो बेलुकाबाट नै सुरु भएको थियो ।