एनपीए निर्वाचनको मतगणना : २०० मत गणना हुँदा कसको मत कति ?

काठमाडौँ, २० फागुन । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए)को बेलुका देखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । निर्वाचन समितिका अनुसार २०० मत गणना गर्दा अध्यक्ष पदमा ललितमोहन पन्त अगाडी देखिएका छन् ।

उनले कुल १०४ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धामा डा रोभसकुसुम सुवेदी रहेका छन् उनले ७७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षको दुई पदमा प्रदीप लम्साल र बद्री केसीले समान ८३ मत ल्याएर अग्रस्थानमा छन् । महिला उपाध्यक्षमा संजिता विष्ट १०७ मतका साथ अगाडी देखिएकी छन् ।

यस्तै महासचिव पदमा सञ्जीव शर्मा कट्टेल १०४ मतका साथ अगाडी छन् । अर्का उम्मेद्धार धिरज रौनियारले ९३ मत ल्याएर पच्छयाईरहेका छन् ।

यस्तै सचिवको दुई पदमा विवेक श्रेष्ठ र केदार प्रसाद साहले समान ८८ मत ल्याएर अग्रस्थानमा छन् ।

कोषाध्यक्ष पदमा गोपिना राईले १०० मतका साथ अग्रस्थानमा छन् । उनलाई राजन मानन्धरले ९५ मतका साथ पच्छ्याई रहेका छन् ।

यस्तै सह कोषाध्यक्ष पदमा निर्मलराज मरासैनी १०३ मतका साथ अगाडी छन् । उनलाई सुशील नेपालले ८६ मतका साथ पच्छ्याईरहेका छन् ।

प्रचार सचिवमा अनिश श्रेष्ठ ११८ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी यज्ञराज बडुले ७१ मतका साथ पच्छ्याएका छन् ।
दुईवटा खुल्ला सदस्य पदमा श्रृष्टि प्रजापति ६९ मत र अशोक भुसाल ६२ मतका साथ अगाडी छन् ।

यस्तै महिला सदस्यमा सौभाग्य डंगोलले ९८ भोट प्राप्त गरी अगाडी छन् । उनलाई प्रेरणा मानन्धरले ९१ मतका साथ पच्छ्याएकी छन् ।

कुल १ हजार ८०० मतदाता रहेको एनपीएको निर्वाचनमा आज कुल ९९२ भोट खसेको थियो ।

मत आजै बेलुकाबाट गणना गर्न थालिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *