नेपाल चिकित्सक संघको नव निर्वाचित कार्य समितिले कार्यभार सम्हाल्यो

काठमाडौँ, १९ फागुन । गत महिना निर्वाचित नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिले विहीबारबाट आफ्नो कार्यभार सम्हालेको छ । संघको विराटनगरमा बिहीबार देखि सुरु भएको ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ मा संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीले बिहीबार नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
सम्मेलनमा निवर्तमान अध्यक्ष डा कार्कीले संघको लोगो भएको सुनको माला नवनिर्वाचित अध्यक्ष डा अनिलविक्रम कार्कीलाई लगाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
संघको नयाँ नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा एक जना सदस्यबाहेक सबै पदमा डा अनिल विक्रम कार्की नेतृत्वको समूहले जित हासिल गरेको थियो। एक महिना अगाडि निर्वाचित भएको कार्यसमितिले सम्मेलनमा जिम्मेवारी लिँदै कार्यकालको सुरुवात गरेका हुन्।
संघमा निर्वाचनपछि हुने कन्फ्रेन्समा नै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने परम्परा रहेको छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




