नेपाल फर्मास्युटिकल्स एशोसिएशन निर्वाचन : ललितमोहन पन्त समूहले सार्वजनिक गर्‍यो प्रतिवद्धता पत्र

काठमाडौँ, १८ फागुन । आगामी २० फागुनमा हुने नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए)को २३ औँ कार्यसमिति निर्वाचनमा उठेको ललितमोहन पन्त नेतृत्वको समूहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

सो अवसरमा बोल्दै अध्यक्षका उम्मेद्धार ललितमोहन पन्तले पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने मुख्य एजेण्डा रहेको बताए । उनले सात वटै प्रदेशमा प्रादेशिक कार्यसमिति स्थापना गर्ने, फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने, प्राइमरी हेल्थकेयरमा फार्मेसिष्टको विज्ञता समुचित प्रयोग गर्न आवश्यक जब डिस्क्रीप्सनसहित नीति नियम बनाउन पहल गर्ने र इन्टरनेशनल फर्मास्युटिकल्स फेडरेसन (एफआईपी) र एफएपीएसँग सहकार्य गर्ने बताए ।

यस्तै, औपचारिक शिक्षा पश्चात निरन्तर सीप विकास गर्न फार्मेसी परिषद्सँग सम्झौता गर्ने, औषधिबजार आयातामुखीबाट निर्यातमुखी बनाई फार्मेसी रोजगारी बढाउन प्राविधिक क्षमता बढाउने र नीतिगत कार्य गर्न पहल गर्ने, सबै विश्वविद्यालय फार्मेसीको पाठ्यक्रममा एकरुपता ल्याउन पहल गर्ने, औषधि सम्बन्धी कार्यको लागि फार्मेसिष्ट निर्विकल्प पेशाकर्मीका रुपमा स्थापना गर्ने फार्मेसिष्टहरुको कुनै पनि पेशागत समस्यालाई समाधान गर्ने रहेको जानकारी दिए ।

कार्यक्रममा पन्त समूहबाट महासचिवका उम्मेद्धार सञ्जीव शर्मा कट्टेलले प्रतिवद्धता पत्रमा उल्लेखित विषयहरुलाई कार्यान्वयनमा ल्याउने भन्दै त्यसका लागि आफूहरुको टिम सक्षम रहेको दावी गरे ।

तीन वर्षे कार्यकालका लागि हुन लागेको एनपीए नयाँ कार्यसमिति छनौट गर्न हुने निर्वाचनका लागि १ हजार ७५० जना मतदाता छन् ।
कुल १७ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष एक महिला सहित तीन जना उपाध्यक्ष, एक जना महासचिव, एक जना पव्लिक सचिव सहित कुल तीन जना सचिव, एक जना कोषाध्यक्ष, एक जना सह कोषाध्यक्ष, एक जना महिला सदस्य सहित कुल पाँच जना सदस्य रहने व्यवस्था छ ।

एन.पी.ए. को २३औं कार्य समितिका लागि  ललितमोहन पन्त समूहको प्रतिवद्धता पत्र 

● नेपाल फर्मास्युटिकल एसोसिएसनको ३८ औं साधारण सभाले दिएको ‘म्यान्डेट’ अनुसार सात वटै प्रदेशमा प्रादेशिक कार्य समिति स्थापना गर्ने।

● फार्मेसी पेशाका सबै विधाहरुलाई एकीकृत गरि विधा अनुरुपको बिषय समिति निर्माण गरि हरेक विधाहरुको समस्या पहिचान एवं समाधानको पहल गर्ने ।

● फर्मासिस्ट को सरकारी सेवामा संघीय संरचना अनुसार दरबन्दी सृजना गर्ने साथै गैर सरकारी संस्थाहरुमा समानजनक पद सृजनाका लागि पहल तथा पैरवी गर्ने ।

● राज्यद्वारा संचालित सामुदायिक फार्मेसीको परिकल्पनालाई पहल गर्ने र सो फार्मेसीबाट सर्वसुलभ रुपमा फार्मेसी सेवा उपलब्ध गराउने र राज्यद्वारा सञ्चालित स्वास्थ्य वीमा सेवालाई लागु गर्ने ।

● फार्मेसी पेशाको सम्मानजनक पारिश्रमिकको लागि वकालत गर्ने ।

● Primary health care मा फर्मासिस्टको बिज्ञताको समुचित प्रयोग गर्न आवश्यक job description सहित नीति नियम बनाउन पहल गर्ने।

● International Pharmaceutical Federation (FIP), FAPA लगायत संघ संस्थासंग समन्वय बढाएर नेपालका फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय अभ्यासमा पोख्त बनाउने।

● औपचारिक शिक्षा पश्चात पनि निरन्तर सीप विकास गर्न Continual Professional Development को लागि नेपाल फार्मेसी परिषद संग MOU को पहल गर्ने ।

● स्वदेशी औषधि उद्योगलाई प्राबिधिक क्षमता बढाउने तथा नीतिगत बहस गरि स्वदेशी उत्पादनलाई आत्मनिर्भरका लागि पहल गर्ने।

● बजारमा फार्मेसी पेशाको आवश्यकता अनुसार विश्वविद्यालयको फार्मेसी पाठ्यक्रममा Skill based curriculum लाई समयानुकूल परिमार्जन गर्ने ।

● औषधि सम्बन्धि कार्यको लागि फर्मासिस्ट निर्विकल्प पेशाकर्मीको रूपमा स्थापना गर्ने।

● फर्मासिस्टहरुको कुनै पनि पेशागत समस्यालाई समाधान गर्ने।

यी हुन् ललितमोहन पन्त नेतृत्व समूहको उम्मेद्धार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *