नेकपा एमालेले सरकार छाड्यो, स्वास्थ्य मन्त्री पदम गिरीको कार्यकाल ४२ दिन मात्रै
काठमाडौँ, १५ फागुन । नयाँ गठवन्धन निर्माण भएसंगै नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालयको आकस्मिक बैठकले पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारलाई दिदै आएको विश्वासको मत फिर्ता लिदै सरकारबाट फिर्ता लिने निर्णय गरेको हो ।
यो संगै स्वास्थ्य मन्त्री पदम गिरीको यसपटकको कार्यकाल सकिएको छ । उनी स्वास्थ्य मन्त्रीको रुपमा ४२ दिन स्वास्थ्य मन्त्रालयमा रहे । उती गत ३ माघमा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्री गिरीले आजै मात्रै स्वास्थ्य सेवा दिवसमा प्रमुख अतिथिको रुपमा उपस्थित हुँदै सरकार स्वास्थ्य सेवा सुधारका लागि प्रयत्नशील रहेको बताएका थिए । उनले ढेड महिने कार्यकालमा धेरै कामहरुको थालनी गरेको बताएका थिए ।
स्वास्थ्य मन्त्री गिरी करीव डेढ महिना मन्त्रालयमा रहँदा विवादमा भने परेनन् ।