यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार डा. प्रकाश क्षेत्रीलाई, स्वास्थ्य सेवा पुरस्कार पाउने को को ? (सूची सहित)

काठमाडौँ, १५ फागुन । यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीले प्राप्त गरेका छन् । एक लाख राशीको यो पुरस्कार पाउने उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उनलाई यो पुरस्कार प्रदान गरे ।

यस्तै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट चार जना स्वास्थ्यकर्मी पुरस्कृत भएका छन् ।

यसरी पुरस्कृत हुनेहरुमा नर्स अञ्जना श्रेष्ठ नारायणी अस्पताल, गजेन्द्रप्रसाद यादव कोशी अस्पताल, डा. मुनकर्ण थापा आयुर्वेद तथा वैकल्प्कि चिकित्सा विभाग, र डा. पोमावती  थापा उपचारात्मक सेवा महाशाखा स्वास्थ्य सेवा विभाग रहेका छन् ।

यसअघि दिवसको अवसरमा उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार तथा स्वास्थ्य सेवा पुरस्कारका लागि स्वास्थ्यकर्मी छनौट गर्न मुख्य सचिव शंकर दास बैरागीको अध्यक्षतामा पाँच सदस्य समिति गठन भएको थियो । जसमा सामान्य प्रशासन मन्त्रालयको सचिव, स्वास्थ्य मन्त्रालयको सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक र मन्त्रालयको सचिवले तोकेको १२ औँ तहका अधिकृत सदस्य सचिव रहने व्यवस्था थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *