कोशी अस्पतालसंग मिलेर एमबीबीएस कार्यक्रम सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयलाई बाटो खुल्यो

विराटनगर, २५ माघ । पूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन् अन्तरगर्त एमबीबीएस कार्यक्रम सञ्चालन गर्न कोशी अस्पताल विराटनगरलाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न अनुमति पाएको छ ।

आइतबार बसेको मन्त्रिरिषद्को बैठकले कोशीलाई पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गर्ने एमबीबीएस कार्यक्रमका लागि टिचिङ अस्पतालको रुपमा प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा आयोगका अनुसार एमबीबीएस कार्यक्रम सञ्चालनका आवश्यक पर्ने मापदण्डमा तीन वर्ष देखि सञ्चालित ३०० बेडको अस्पताल आवश्यक हुनुपर्ने व्यवस्था छ । पूर्वाञ्चलले सो मापदण्ड पुरा गर्न गतवर्ष कोशी अस्पतालसंग सम्झौँता गरेको हो ।

२०७८ माघ ५ गते कोशी अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास र पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका तत्कालिन डीन डा शैलेशमणि पोखरेलबीच १५ बुँदे सम्झौंता भएको थियो ।

सम्झौँतामा पूर्वाञ्चल विश्वविद्यालयको चिकित्साशास्त्र संकाय अन्तरगतको आंगिक क्याम्पसमा एमबीबीएस शैक्षिक कार्यक्रम कोशी अस्पतालसंगको सहकार्यमा सञ्चालन गरिने उल्लेख थियो । यस्तै शिक्षण अभ्यास गरेवापत विद्यार्थीहरुले तिरेको १० प्रतिशत शिक्षण शुल्क पूर्वाञ्चलले कोशीलाई बुझाउनु पर्ने समेत सम्झौँता पत्रमा उल्लेख छ ।

पूर्वाञ्चलका तत्कालिन डीन डा पोखरेलले गतवर्ष भएको सम्झौँतालाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसंगै एमबीबीएस सञ्चालनको प्रक्रिया अघि बढेको बताए । ‘अब चिकित्सा शिक्षा आयोगले आफ्ना काम गर्ला, विश्वविद्यालय र अस्पतालले पनि आ आफ्ना काम गर्ला त्यसअघिका सबै काम अव अनुमोदन भयो,’ उनले भने ।

उनले आगामी शैक्षिक सत्र देखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने गरी काम अघि बढ्ने विश्वास गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडायादवराज कोइरालालका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पताल प्रयोग स्वीकृति दिएसँगै विश्वविद्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबीच त्रिपक्षीय समझादारीमा हस्ताक्षर हुनेछ । सम्झौतासहितको सम्पूर्ण प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा विश्वविद्यालयले पेस गर्नेछ । विश्वविद्यालयले पेस गरेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले कोटासहित मेडिकल कलेज सञ्चालनको अनुमति दिएपछि भर्नाको प्रक्रिया प्रारम्भ हुनेछ ।

विश्वविद्यालयका उपकुलपति कोइरालाले आगामी वर्षदेखि मेडिकल कलेज सञ्चालन र भर्ना प्रक्रिया सुरु हुने जानकारी दिए ।

यस्तो थियो कोशी र पूर्वाञ्चलबीचको १५ बुँदे सम्झौँता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *