बालबालिकालाई ‘रोटाभाइरस’ अर्थात ‘विन्टर डायरिया’बाट कसरी जोगाउने ?

काठमाडौँ- जाडो मौसममा बालबालिकाहरुलाई लाग्ने पखलाको प्रमुख कारण मानिन्छ ‘रोटा भाइरस’ । त्यसैले ‘रोटा भाइरस’ले हुने पखलालाई ‘विन्टर डाइरीया’ अर्थात जाडोमा लाग्ने पखाला पनि भन्ने गरिन्छ ।

यो भाइरस सबैभन्दा बढी एक देखी ५ वर्ष मुनिका बालबालिकालाई प्रभाव पार्छ । त्यसबाहेक नवजात शिशुु देखी एक वर्ष सम्मका बालबालिका तथा ५ बर्ष माथिका बालबालिकाहरू पनि प्रभावित हुने गरेका छन् ।

फोहर मन पराउने यो भाइसर विशेष गरी जाडो र गर्मी मौसम दुवैमा देखिन्छ । फोहर तथा दिसामा पाइने यो भाइरस विभिन्न माध्यमबाट मुख हुदै शरीरसम्म प्रवेश गर्छ । जव शरीरमा प्रवेश गर्छ त्यसले बालबालिकाको स्वास्थ्यमा ठूलो गडबढी मच्चाउछ ।

कसरी फैलन्छ रोटा भाइरस ?

बालबालिकाहरूमा हुने झाडा बान्ता तथा पखला चलाउने विभिन्न भाइरस मध्ये ८० प्रतिशत हिस्सा रोटाभाइरसकै कारण हो । यो दिसा पिसावसंगै अन्य फोहर पदार्थमा रहने किटाणु हो । मानिसको शरीरमा मुखबाटै प्रवेश गर्ने गर्छ ।

एक देखी पाँच बर्ष उमेर समुहका बालबालिकाहरू जो सामान्य हिड डुल गर्ने र जे पायो त्यहि मुखमा हाल्ने गर्छन , उनीहरुमा यो भाइरस छिटो प्रवेश गर्छ । सानो बच्चामा रोगसँग लडन सक्ने क्षमता समेत कम हुने भएकोले यसको संक्रमण बढी देखिने गरेको हो । मुखबाटै शरीरमा छिर्ने भएकोले चिकित्सकीय भाषामा यसलाई ‘फिक्को ओरल’ पनि भनिन्छ ।

प्रदुशित बाताबरण, फोहर पानी, साग सब्जी र फुलफुुलमा पखाल्न प्रयोग हुने त्यहि असुद्ध पानीका कारणले रोटाभाइरसको संक्रमण दर बढेको हो । दुधे बालकलाई आमाले गर्ने सरसफाई, खानपान गरिने सतर्कताले पनि यसको संक्रमण बढाउने र घटाउने कुराको निर्धारण गर्छ ।

लक्षण के हो ?

सुरूमा बान्ता हुनु : यो क्रम जुन एकदुई दिनसम्म पनि जारी रहन सक्छ ।

पखला चल्नु : बान्ता भएसंगै वा त्यसको एक दिन पछि पखला समेत चल्न थाल्छ । बान्ता एक दुई दिन पछि निको हुनसक्छ तर पखला कहिले काही ५ – ७ दिन सम्म पनि चल्न सक्छ । जति धेरै दिन पखला चल्यो त्यत्तिनै बढी बालबालिकालाई असर गर्न सक्छ । अर्थात ५ दिन माथि लाग्न थालेपछि कडा जलवियोजन समेत हुनसक्छ ।

मन्द गतिको ज्वरो : रोटा भाइसरले कडा ज्वरो निकाल्दैन सधै मन्द गतिको ज्वरो आउछ ।

झिज्झिने स्वभाव : बच्चाहरू झिज्झिने स्वाभाव हुन्छ ।

पेट दुख्ने र रूने : बच्चाहरूलाई पेट दुख्ने बढदै जान्छ जसले गर्दा ससाना बच्चाहरू रोइ रहन्छन ।

खान अरूची : बच्चाहरूमा खान अरूची हुन्छ ।

खतरनाक अवस्था : यी माथिका लक्षण संगै बच्चाको आँखा गड्यो भने, पेटमा मुजा प¥यो भने, खाएपछि बान्ता ग¥यो वा बेहोस भयो भने तत्कालै डाक्टरकोमा लैजानुपर्छ ।

सतर्कता अपनाउन के गर्ने ?

–हात धोएर खाने खुवाउने
–बच्चालाई सफा राख्ने, बच्चा बस्ने बाताबरण सफा राख्ने
–सकिन्छ भने रोटाभाइरस विरूद्धको सुई लगाउने
–उमालेर पानी पिउने

अन्य भाइरस भन्दा के फरक छ ?

प्राय झाडा पखला भाइरसले हुन्छ । केही व्याक्टेरियाले हुन्छ । तर व्याक्टेरियाले हुने झाडा पखलामा ज्वरो धेरै आउँछ र आँउ जस्तो दिशामा रगत देखा पर्छ । अर्को बुझनुपर्ने कुरा के भने झाडा पखला प्राय भाइरसले हुने रोग हो । त्यसैले एन्टीबायोटिक चलाउनु पर्दैन वा हुदैन पनि । केही मात्रै व्याक्टेरियाले लाग्छ त्यस्तो बेलामा मात्रै चलाउनुपर्छ ।

सँक्रमण भएपछि के खुवाउने ?

दुधे बालकलाई दुध खुवाई राख्ने , अझ अरू बेला भन्दा छिटो छिटो चुसाउने वा पिलाउने । जीवनजल र साधा पानी पनि प्रसस्त खुवाउने ।
अन्न खान सुरू गरेका बालबालिकालाई जीवनजल र साधा पानीसंगै आमा दुध, जीवनजल , गेडागुडीको रस, दालको रस, दही, मही तथा कालो चिया दिन सकिन्छ ।

के नखुवाउने ?

ग्लुकोज पानी, रियल जुस, फ्रुटी, कोक, फेन्टा, पेप्सी र केरा खान दिनु हुँदैन । पखला लाग्दा कहिलेकाही शरीरमा दुध पचाउने शक्ति ‘इन्जाइम’ नष्ट हुने भएकोले ‘जीरो ल्याक’ भन्ने दुध भने खुवाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *