भारत :

भारत : डाक्टरको प्रेस्किप्सन बिना एन्टिवायोटिक औषधि बिक्री गरेको पाइए औषधि पसलको लाइसेन्स रद्ध हुने

एजेन्सी । केरलामा अब डाक्टरको प्रेस्किप्सन बिना एन्टीबायोटिक औषधि खरीद तथा बिक्री गर्न नपाइने भएको छ । एन्टीबायोटिक औषधिको दुरुपयोग रोक्न त्यहाँको राज्य सरकारले यस्तो निर्णय लिएको हो ।

गत साता केरलाका स्वास्थ्य मन्त्री विना जर्जको अध्यक्षतामा तिरुवनन्तपुरममा बसेको केराला एन्टी माइक्रोबियल रेसिस्टैन्स स्टे«टेजिक एक्सन प्लानको बार्षिक समीक्षा बैठकपछि यस्तो निर्णय लिइएको हो ।

बैठक लगत्तै जारी विज्ञप्तीमा यदि कोही औषधि पसलबाट डाक्टरको प्रेस्किप्सन विना एन्टीबायोटिक औषधिको बेच विखन गरेको पाइए त्यो औषधि पसलको लाइसेन्स रद्ध गर्ने बताइएको छ ।

विज्ञप्तीमा एन्टीबायोटिक औषधिको अवान्चित प्रयोगले औषधि प्रतिरोधि प्याथोजिनको तिब्र गतिमा विकास हुने र त्यसलाई नियन्त्रण गर्नका लागि चिकित्सकको प्रिस्केप्सन विना एन्टिवायोटिकको बिक्रीमा रोक लगाएको उल्लेख छ ।

राज्य सरकारले आफ्ना सबै प्राथमिक स्वास्थ्य केन्द्र तथा स्र्माट प्राइमरी हेल्थ सेन्टरमा सरकारले ल्याएको एन्टीमाइक्रोविल रेसिस्टेन्ट (एएमआर)को क्रियाकलापलाई थप परिस्कृत गराएर अघि बढ्न समेत निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार एन्टी माइक्रोबेल रेसिस्टेन्टका विकास त्यसबेला हुन्छ जब व्याक्टेरिया, भाइरस, फंगस तथा प्यारासाइट समयक्रमसंगै परिवर्तन हुन्छ र त्यसमा औषधिको प्रभाव हुँदैन । यसले संक्रमणको औषधि गर्न समस्या हुने गर्दछ ।

बिरामीको शरीरमा औषधि बिरुद्ध प्रतिरोधक तत्व पैदा हुँदा एन्टीबायोटिक तथा तथा अन्य रोग नासक औषधि प्रभावहीन हुन्छ । यसले संक्रमणबिरुद्ध उपचार गर्न असम्भव नै हुन्छ ।

। बैठकले नयाँ नियमको कार्यान्वयन संगै सञ्चारमाध्यमबाट एन्टीबायोटिकको प्रति असरको बारेमा व्यापक रुपमा जनचेतना अभियानलाई तिब्र पार्ने समेत निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *