प्रत्यारोपण केन्द्रमा छैटौँ देखि एघारौँ तहसम्मका १० जना चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि दरखास्त आव्हान

4.4k
Shares

काठमाडौँ, १३ पुस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा छैटाँै देखि एघारौँ तहसम्मका विभिन्न पदमा चिकित्सक तथा स्वास्थ्यकर्मी नियुक्ति गर्ने भएको छ ।

प्रत्यारोपण केन्द्रले प्रमुख कन्सलटेन्ट नेफ्रोलोजिष्ट एघारौँ तह, सिनियर कन्सलटेन्ट प्याथोलोजिष्ट दशौँ तह, सिनियर कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट दशौँ तहमा एक एक जना पदपूर्ति गर्ने भनेको छ ।

यस्तै मेडिकल अधिकृत आठौँ तहमा ४ जना र ट्रान्सप्लान्ट कोअर्डिनेटर छैटौँ तहमा ३ जना पनि पदपूर्ति गर्ने भन्दै दरखास्त आव्हान गरेको छ ।

सूचनामा योग्यता पुगेका ईच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिन सक्ने समेत उल्लेख गरिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *