चीनबाट चौथो खेपको आपतकालीन राहत सामग्री काठमाडौँ आइपुग्यो

0
Shares

काठमाडौँ, २३ भदौ । चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो खेपको आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ।

मंगलबार दिउँसो राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुन सहभागी थिए।

नयाँ किस्ताअन्तर्गत प्राप्त राहत सामग्रीहरूमा मुख्य रूपमा उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन्।

यसैबीच चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ठूला विपत्तिहरूको सामनामा चीनले नेपालसँग साथ दिएर सहकार्य गर्दै र कठिनाइको सामना गर्ने क्रम सदैव जारी राख्ने पनि बताएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *