विद्यालय नर्स कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले खोज्यो १८ जना नर्स

पोखरा, ९ पुस । गण्डकी प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रम अघि बढाएको छ । प्रदेशका ११ जिल्ला भित्रका १८ विद्यालयमा यो कार्यक्रम लागू गर्ने भन्दै त्यसका लागि १८ जना नर्सको आवेदन समेत मागेको छ ।

शनिबार प्रकाशित सूचनामा केही जिल्लामा दुई जना र केहीमा एक जना नर्स खोजिएको उल्लेख छ । मन्त्रालयले पहिलो चरणमा नमूनाका रुपमा यो कार्यक्रम लागू गर्ने भन्दै विद्यालय छनौटका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई जिम्मेवारी दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *