भारतमा कोभिड-१९ को सतर्कता : अब २ प्रतिशत यात्रुको विमानस्थलमै ‘रेन्डम चेक’

नयाँ दिल्ली । भारतले अन्तर्राष्ट्रिय उडानबाट आफ्नो देश छिर्ने यात्रुहरुमध्ये २ प्रतिशतलाई कोरोनाको ‘रेन्डम चेक’ गर्ने भएको छ । चीन, जापान, अमेरिका लगायतका देशमा पछिल्लो समय कोरोना संक्रमणले तिव्रता दिएपछि भारत सरकारले हवाई यात्रुमा कोरोनाको ‘रेन्डम चेक’ गर्न लागेको हो ।

विहीबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले अन्तराष्ट्रिय उडानबाट देशभित्र छिर्ने यात्रुहरुको ‘रेन्डम चेक’ गर्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई निर्देशन दिएको छ ।

सो निर्देशन पछि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ट्रावल गाइडलाइन जारी गरेको छ । मन्त्रालयले २४ डिसेम्बरबाट यो नयाँ व्यवस्था लागू हुने बताएको छ । यस्तै सो गाइडलाइनमा यात्रुहरुको अनिवार्य खोप प्रमाणपत्र (क्युआर कोड) हुनुपर्ने, कोभिडको लक्षण देखिए यात्रुहरुलाई आइसोलेसनमा राखिने लगायतका मापदण्ड रहेका छन् ।

बैठकमा मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच सम्वन्धी व्यवस्थालाई पुन कडाई गर्न निर्देशन दिए । उनले सबै यात्रु तथा आम नागरिकलाई कोभिड मापदण्ड पालना गर्न अपिल समेत गरे । सरकारी निकायहरुलाई कोभिड – १९ को परीक्षण बढाउन समेत निर्देशन दिए ।

उनले मास्क लगाउन, भौतिक दुरी कायम गर्न आम नागरिकलाई अनुरोध समेत गरे । यस्तै बृद्धबृद्धा तथा बिरामीहरुले कोभिडविरुद्धको खोप नलिएको भए तत्काल लिन समेत अनुरोध गरे ।

उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन
यसैबीच प्रधानमन्त्री मोदीले कोरोनाको नयाँ लहर आउन सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यका निकायहरुलाई निर्देशन दिएका छन् । उनले राज्य सरकारहरुलाई अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन ग्यास प्लान्ट साथै जनशक्ति समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

सो अवसरमा स्वास्थ्य अधिकारीहरुले प्रधानमन्त्री मोदीलाई औषधि तथा खोप, अस्पतालको बेड संख्या समेत पर्याप्त रहेको जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *