विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था जटिल

काठमाडौँ, १८ मंसिर । विश्वप्रसिद्ध फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

पेटको क्यान्सरसँग लडिरहेका ब्राजिलका फुटबल लिजेन्ड पेलेको उपचारमा केमोथेरापीले अपेक्षित नतिजा आउन छाडेपछि ‘प्यालिएटिभ केयर’मा राखिएको छ ।

उनकी छोरी केली नासिमेन्टोले पेलेलाई नियमित परीक्षणका लागि अस्पतालमा राखिएको र उनको अवस्था सामान्य रहेको बताइएकी थिइन् । तर, शनिबार उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

उनलाई केमोथेरापी दिन बन्द गरिएको छ । प्यालिएटिभ केयरमा राखिएको जनाइएको छ ।

इतिहासकै उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *