प्रतिनिधिसभा सदस्य निर्वाचन:

चितवन -३ बाट डा. भोजराजलाई पराजित गर्दै बिक्रम पाण्डे निर्वाचित

काठमाडौँ, १० मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत  चितवन क्षेत्र नं ३ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका डा भोजराज अधिकारलिाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्धार विक्रम पाण्डेले पराजित गरेका छन् ।

निर्वाचन आयोगका अनुसार पाण्डेले सो क्षेत्रबाट ३५ हजार ५५ मत ल्याई बिजयी हुँदा निकटतम बनेका डा अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत प्राप्त गरेकी थिईन ।

चितवन क्षेत्र नं ३ मा यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेद्धार बन्ने चर्चा थियो । तर अन्तिम समयमा उनी चितवन छाडेर गोर्खा लागेपछि सो ठाँउमा माओवादीको तर्फबाट डा. अधिकारीले टिकट पाएका थिए ।

यसअघि भरतपुर अस्पतालका अध्यक्ष रहेका डा अधिकारीले राजिनामा दिएर निर्वाचनमा होमिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *