एसिड आक्रमणमा परेकाहरुको निशुल्क उपचार गर्न सरकारले तोक्यो ४ वटा अस्पताल

काठमाडौँ, ८ मंसिर । सरकारले एसिड एट्याक पीडितको निशुल्क औषधि उपचारका लागि चारवटा अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभित्रका जुनसुकै पालिकामा एसिड एट्याक परेपनि पिडीतले यी अस्पतालमा आएर निशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् । उपचार वापतको खर्च महाशाखाले तोकिएका अस्पतालहरुमा सोधभर्ना गरिदिने व्यवस्था मिलाएको उल्लेख गरेको छ ।

त्यसो त महाशाखाले एसिड एट्याक पीडितको औषधि उपतार वापत अस्पतालहरुलाई सोधभर्ना गर्ने शीर्षकमा ५० लाख रकम विनियोजन गरेको छ । सोही रकमबाट उपचार सेवा प्रदान गर्न लागिएको महाशाखाले जनाएको छ ।

एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्वन्धी कार्यविधि २०६८ मा पिडीतको उपचार, एम्बुलेन्स भाडा देखि एसिड पीडितले आजिवन लगाउनुपर्ने मल्हम हरेक ६ महिनाको लागि डेडिकेटेड अस्पतालले प्रदान गर्नुपर्ने उल्लेख छ । यस्तै अस्पतालमा रहँदासम्म पीडित र एक जना कुरुवालाई खानाको व्यवस्था समेत गर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *