तुलसीपुरमा उम्मेदवार चढेको गाडी भित्र जन्मियो बच्चा

दाङ, ३ मंसिर । दाङमा उम्मेदवार चढेको गाडीमा एक महिलाले बच्चालाई जन्म दिएकी छन् ।

एमाले उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्र तुलसीपुर उपमहानगरपालिका– १५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई जन्म दिएको उनका श्रीमान प्रदीप चौधरीले जानकारी दिए ।

आफन्तसँग भेटघाटमा रहेका पाण्डेले सुत्केरी व्यथाले थलिएको खबर पाएपछि उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा सृजनाले बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।

बा १२ च ३६२४ नम्बरको स्कारपियो जिपमा अस्पताल लग्दै गर्दा राति १० बजेर ५५ मिनेट जाँदा छोरीको जन्म भएको प्रदिपले जानकारी दिए । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएको राप्ती प्रादेशिक अस्पताल अन्तर्गत प्रसूति गृहमा कार्यरत अनमी पुजना वलीले जानकारी दिइन् । सृजनाको यो दोस्रो सन्तान हो ।

तुलसीपुर उपमहानगरपालिका मातृ शिशु मृत्युदर शून्यमा झार्ने देशमै पहिलो स्थानीय पालिका हो । तुलसीपुर उपमहानगरापलिकामा ४ वर्षको अवधिमा करिब १८ हजार जनाले सुत्केरी सेवा लिएका छन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *