न्युरो सर्जन प्राडा राजीव झा ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डद्धारा सम्मानित

2.1k
Shares

काठमाडौँ, ३० असोज । बरिष्ठ न्युरो सर्जन प्राडा राजीव झा बेलायतको प्रसिद्ध पुरस्कार ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स’ अवार्डबाट सम्मानित भएका छन् ।
न्युरो सर्जरीको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै द रोयल कलेज अफ सर्जियन अफ एडनबर्गले प्राडा झालाई सम्मान गरेको हो ।

कलेजले हरेक वर्ष यो अवार्ड संसारमा उत्कृष्ठ काम गर्ने न्युरो सर्जरीका चिकित्सकलाई प्रदान गर्ने गरेको छ । यसपटक नेपालका प्राडा झा सो अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
डा झा अहिले वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख हुन् ।

बेलायतको यो कलेज शल्य चिकित्सा अध्ययनका लागि विश्वकै सबैभन्दा पुरानो अस्पताल पनि हो ।

यो सम्मानबाट सम्मानित हुने झा नेपालका दोस्रो चिकित्सक हुन् । यसअघि उक्त सम्मान न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले पाएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *