दुई जना डाक्टरलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति

काठमाडौँ, ९ असोज । सरकारले दुई जना चिकित्सकलाई दुईवटा संघीय अस्पतलको विकास समिति अध्यक्षमा नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरको छ ।

यस्तै टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको विकास समिति अध्यक्षमा डा चीनवहादुर पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यी दुबै अस्पतालमा विकास समिति अध्यक्ष खाली थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *