थप ६६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त
काठमाडौँ, ६ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार २ सय ६२ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३१, ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ३८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ३ सय ६२ र संस्थागत आइसोलेसनमा ४३ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा ६ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com