चौबिस घण्टामा थपिए २५ जना कोरोना संक्रमित, २८ जना डिस्चार्ज

काठमाडौँ, १८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ८४५ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ । त्यसैगरी चौबिस घण्टामा थप ५५ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *