स्वास्थ्यकर्मीको पूर्वाग्राही पूर्ण तरिकाले सरुवा गरिएको भन्दै महासंघद्धारा विरोध
काठमाडौँ, २५ भदौ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफू निकटका स्वास्थ्यकर्मीहरुलाई पूर्वाग्राही ढंगले राखी छानी छानी सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । उसले निर्णय तत्काल नसच्याए महासंघ सशक्त विरोधमा उत्रने चेतावनी दिएको छ ।
महासंघका महासचिव डा सन्तोष पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै देश निर्वाचनमा होमिएको बेला र आचारसंहिता लागू हुने बेलामा महासंघमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई सरुवा तथा काजफिर्ता गरेको बताए ।
उनले महासंघका केन्द्रीय सचिव तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बीमा बोर्डबाट काज फिर्ता गरिएको बताए । यस्तै प्रदेश मन्त्रालयमा दरबन्दी खाली गरी महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज रुपलाल पन्थी, कर्णाली प्रदेश अध्यक्ष अमर राना लगाएतका स्वास्थ्यकर्मीलाई विना दरबन्दी अपायक स्थानमा सरुवा गरिएको बताए ।
महासंघका उपमहासचिव हिमालय तिवारीले अहिले आफूहरु निकटका १२ भन्दा बढी कर्मचारीहरुको एकदमै अपायक ढंगले सरुवा गरिएको बताए । उनले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने गरी भएको सरुवा तत्काल सच्याउन समेत आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]