डेंगु रोग नियन्त्रण गर्न मुख्य सचिवको अध्यक्षमा उच्चस्तरीय बैठक, गर्‍यो चार बुँदे निर्णय

काठमाडौँ, २२ भदौँ । देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रण तथा रोकथामका सरकारले चार बुँदे निर्णय गरेको छ । बुधबार सिंहदरबारमा मुख्य सचिव शंकरदाश बैरागीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले चार बुँदे निर्णय गरको हो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मीन्त्रपरिषदको कार्यालयका सचिवहरुको उपस्थिति थियो । यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंह, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास लगायतको पनि सहभागिता थियो ।

बैठकले डेंगु रोगको निणन्त्रण तथा रोकथामको कार्ययोजना, सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिहरुको समिक्षा, नियन्त्रणका लागि भईरहेका तयारीका विषयमा छलफल गरेको स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले बताईन् ।

बैठकले के के निर्णय गरयो ?
स्वास्थ्य सचिव गुरागाईँका अनुसार बैठकले चार बुँदे निर्णय गरेको छ । ती निर्णयहरु यस प्रकार छ ।

१. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट समेत रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने ।
२. डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर को अभियानलाई तीब्र बनाउन सचेतनामुलक तथा सूचनामुलक श्रव्य तथा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने ।
३. रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोवाईल रिङटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने ।
४. रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *