क्यान्सर रोगको उपचारमा प्रयोग हुने ‘टार्गेटेड थेरापी’ के हो ? कसरी काम गर्दछ ?

टार्गेटेड थेरापीबारे कुरा गर्नु अघि तपाईँले नानो (न्यानो) मेडिसिन बारे थाहा पाउन जरुरी छ । आखिर के हो त नानो मेडिसिन ?

नानो मेडिसिन नानो शब्दबाट आएको हो । अब नानो मिटर भनेको मेट्रिक प्रणालीमा लम्बाईको एकाई हो । अर्को शव्दमा एक अर्ब नानो मिटर बराबर एक मिटर हुन्छ । अब एक मिटरलाई एक अर्ब भाग लगाउँदा त्यसको आकार कत्रो होला ? हामीले कल्पना पनि गर्न सक्दैनौँ ।

यसलाई बुझन् अर्को उदाहरणबाट अलि सजिलो हुनसक्छ, ‘हाम्रो टाउकोमा भएको रौंको गोलाईमा एक लाख नानो मिटर जोडिएपछि बन्छ भनिन्छ ।

अर्थात,

त्यति सानो पाटिकल (कण) हो नानो मिटर भनेको । यस्तो सानो कणलाई न्यानोपार्टिकल भनिन्छ, जुन विभिन्न रोगको उपचारको लागि औषधिमा ब्यापक रूपमा अनुसन्धान गरी प्रयोग गरिएको पाइन्छ । त्यति सानो अर्थात साधारण आँखाले देख्नै नसकिने आकारमा तयार गरिएका कणहरु औषधिको रुपमा शरीर भित्र पठाई त्यहाँ भित्रका स साना कोशिका सम्म पुर्‍याई उपचार गरिन्छ, त्यहि नै नानो मेडिसिन हो ।

नानो मेडिसिन अझै परिस्कृत रुपमा त्यो स्तरमा पुगेको छैन, यद्यपि वैज्ञानिकहरूले २०० भन्दा कम न्यानोमिटर आकार भएको पार्टिकललाई जटिल रोगको निदान र उपचारमा प्रभावकारी देखिएको बताएका छन् ।

त्यसो त नानो मेडिसिन अन्तगर्तका औषधिको अनुसन्धानमा, करीब ६५ प्रतिशत क्लिनिकल परीक्षणहरू क्यान्सर न्यानो ड्रगहरूमा आधारित छन् ।

नानो मेडिसिन परिणामको सकारात्मक सम्भावनाको आधारमा हामी आशा गर्न सक्छौं कि क्यान्सरको उपचार सम्भव छ र निकट भविष्यमा क्यान्सरका कारण मानिसहरूले आफ्नो जीवन गुमाउन पर्ने छैन् ।

क्यान्सरको उपचारमा यसले कसरी काम गर्छ ?

मस्तिष्कले शरीरमा कोष (सेल) उत्पादन गर्दछ । निश्चित समय पछि त्यो मर्छ र बाहिरिन्छ । फेरी नयाँ सेल उत्पादन हुन्छ । स्वस्थ मानिसको शरीरमा हुने यो नियमित प्रक्रिया हो ।

कोष बन्ने विकास हुने मर्ने र झर्ने प्रक्रियाको कन्ट्रोल रुमको भूमिका मस्तिष्कले गर्दछ । तर क्यान्सर भएको बेलामा सेल उत्पादन त हुन्छ तर मर्दैन ।

मस्तिष्कले अह्राएको कुरा सेलले मान्दैन र अत्यधिक रुपमा बढ्दै जान्छ । यसलाई हामी क्यान्सर वा ट्यूमर भन्दछौँ । यसले शरीरका अन्य अंगहरूलाई पनि केही समयमै अवरोध गर्दै शरीरलाई अफ्टेरो अवस्थामा पार्दछ ।

ट्युमर कोशिकाको सूक्ष्म वातावरण स्वस्थ कोशिकाहरु भन्दा फरक हुन्छ किनकि ट्यूमर सूक्ष्म वातावरणमा विस्तारित रक्तनली, अम्लीय वातावरण र केहि इन्जाइमको मात्रा स्वास्थ्य कोशिकाहरु भन्दा अलि बढी हुन्छ।

क्यान्सर कोशिका हाम्रो शरीरमा रक्तबाहिनी नलीबाट यता उता बहन्छन् । जब क्यान्सर कोशिका बढ्दै जान्छ नलि तन्किदै जान्छ । त्यसपछि रक्त नलिमा छिद्राहरु बन्छ स सानो प्वाल परेजस्तो गरी । ती क्यान्सर कोशिका ती छिद्रामा छिर्छन र झन झन् फैलदै जान्छन् । यसरी  कोशिका अत्यधिक रुपमा तिब्र गतिमा फैलदै जान्छ यसलाई हामी क्यान्सर भन्दछौँ ।

क्यान्सरको उपचार गर्न त्यति सजिलो कुरा पनि होईन् । किनभने क्यान्सर कोशिका र स्वस्थ कोशिकाहरूले एउटै रक्तनलीबाट पोषक तत्व र खाद्य आपूर्ति प्राप्त गर्छन्। त्यसैले स्वस्थ कोशिकाहरूमा कुनै पनि विषाक्तता बिना क्यान्सर कोशिकाहरूको उपचार गर्न गाह्रो छ।

क्यान्सर सेल मार्न भन्दै जुन औषधि दिईन्छ त्यसले शरीरको अरु सेललाई पनि मार्ने गर्दछ । त्यसैले क्यान्सर सेलको उपचार गर्दा शरीरका लागि चाहिने अरु सेलमा पनि हानी हुन जान्छ । यसले कतिपय व्यक्तिलाई अन्य असर पनि देखाउँछ ।

तर नानो मेडिसिनमा यस्तो समस्या हुँदैन । वैज्ञानिकहरूले आधुनिक विधि र प्रविधिहरूको प्रयोग गरी विभिन्न न्यानोड्रगहरू विकास गर्दै छन् जुन क्यान्सर औषधिको लागि प्रभावकारीता बढाउन को साथै साइड इफेक्ट एक्दमै न्युन मात्रामा हुने बताएका छन् । त्यसैले यो क्यान्सरको उपचारमा निकै नै प्रभावकारी मानिएको छ ।

नानो मेडिसिनले कसरी काम गर्दछ ?

न्यानो वा नानो मेडिसिन बुझ्नु अघि हाम्रो शरीरमा कुनै पनि औषधिले कसरी काम गर्दछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।

सामान्यतया शरीर भित्रका तत्वहरुले बाहिरबाट शरीर भित्र प्रवेश गरेका सबै कुराको निगरानी गर्दछ । जस्तै हामीले औषधि खाँदा हाम्रो रगतको प्रोटिनले यो बाहिरी बस्तु हो भनेर तत्कालै थाहा पाउँछ । अनि सकेसम्म छिटो बाहिर पठाउने काम गर्दछ ।

अर्को कुरा हाम्रो केन्द्रीय रक्त नलिबाट एकदमै सुक्ष्म रक्तनलिका केस्राहरु निस्किएका हुन्छन् । ती सुक्ष्म रक्त नलि हाम्रो शरीरको सबै स्थानमा पुगेका हुन्छन् । जब हामीले कुनै साधारण औषधि सेवन गर्दछौँ ती औषधिहरु सुक्ष्म नलिसम्म नपुग्न सक्छ । त्यस्तो स्थानमा उपचार गर्न धेरै नै कठिन हुन्छ । त्यसैले मस्तिष्क रोगहरु जस्तै अल्जाइमर, पार्किन्सन र क्यान्सर जस्ता रोगहरुको उपचार गर्न सजिलो छैन ।

किन कठिन मानिएको हो ?

साधारण भाषामा भन्नु पर्दा क्यान्सर एक किसिको मासुको थुप्रो हो । जसमा केन्द्रीय रक्त नलिबाट जोडिएर आएका अन्य स साना रक्त नलिहरुको मद्धतबाट आवश्यक चिज पुग्दछ ।

क्यान्सर बढाउने चिज शुक्ष्म नलिको मद्धतबाट त्यस ठाँउमा पुग्ने तर त्यस विरुद्ध प्रयोग गरिने औषधिहरु ठूलो पाटिकल्सको कारणले ती सुक्ष्म रक्त नलिबाट जान नसक्ने भएकोले यसको उपचार कठिन बनेको हो ।

साथै क्यान्सर बिरुद्ध प्रयोग गरिने औषधिले हाम्रो शरीरको कोषिकालाई पनि धेरै नै क्षति गर्ने भएकोले क्यान्सर उपचारको निदान जटिल हुन गएको हो ।

अब कुरा गरौँ न्यानो मेडिसिनले कसरी काम गर्छ ?

न्यानो मेडिसिनको गहिरो अनुसन्धान र अध्ययनको कारण बैज्ञानिकहरुले एउटा यस्तो यन्त्र तयार गरेका छन् जुन १०० न्यानोमिटर भन्दा कम आकारको हुन्छ । यो यन्त्र अहिले क्यान्सर उपचारको लागि सञ्जीवनी बुटी सिद्ध भएको छ । धेरै जसो क्यान्सरको उपचारका लागि प्रयोग गरिने यो यन्त्र न्यानो पाटिकल्सको नामले जानिन्छ ।

न्यानोपाटिकल्स प्रोटिन वा पोलिमरले बनेको हुन्छ र यसलाई विभिन्न कुरा जडान गरी क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । न्यानो पाटिकल्सलाई विभिन्न आकार दिन सकिन्छ । जस्तै गोलो, लाम्चो, च्याप्टो, तारा जस्तो आदि ।

हाम्रो बुझाईको लागि अहिले हामीले गोलो आकार भएको न्यानो पाटिकल्सलाई लिऔँ । यो हामीले खेल्ने फुटवल जस्तो हुन्छ । बाहिरी भागमा त्यो प्रोटिन वा पोलिमरले एकदम दह्रो गरी बलको आकार दिएको हुन्छ र भित्री भाग बलको हावा जस्तो खाली हुन्छ । त्यो खाली भागमा क्यान्सरको उपचारको लागि प्रयोग गरिने औषधि राखिएको हुन्छ । अब त्यो तयार भएको न्यानोपाटिकल्सलाई न्यानो ड्रग पनि भनिन्छ । जुन क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।

यसको साइडईफेक्ट कस्तो छ ?

यो न्यानो ड्रगको विशेषता भनेको नै यसको साइड इफेक्ट अत्यन्त कम हुन्छ । अर्थात यसले हाम्रो शरीरको कुनै पनि स्वस्थ कोषिका तत्व वा अंगलाई असर गर्दैन । यसबाहेक यो रक्त नलिमा धेरै लामो समयसम्म बस्न सक्छ र ती सुक्ष्म रक्तनलिमा पनि सजिलैसंग ओहोरदोहोर गर्न सक्छ ।

अर्को महत्वपूर्ण कुरा यसले क्यान्सर भएको स्थान पनि पहिचान गरी ट्युमर भित्र पस्छ र त्यसलाई आणविक विस्फोट जस्तै गर्दछ ।

जसरी दोस्रो विश्व युद्धमा जसरी जापानको हिरोसिमा र नागासाकीमा आणविक हतियारले जति विनास गरेको थियो त्यसरी नै त्यो न्यानो ड्रगले ट्युमर भित्र क्षति गरिदिन्छ र ट्युमरलाई निर्मुल गर्ने काम गर्छ । न्यानो मेडिसिनको गहिरो अध्ययनको कारण क्यान्सर उपचारमा धेरै नै सफलता प्राप्त भएको पाईएको छ ।

क्यान्सरको उपचारमा प्रयोग हुने टार्गेटेड थेरापी के हो ?

न्यानो मेडिसिनको माध्यमबाट क्यान्सर उपचारमा हालै प्रयोग गरिने अर्को विधि हो टार्गेटेड थेरापी । अहिले भैरहेको अनुसन्धानलाई निहाल्ने हो भने टार्गेटेड थेरापीले क्यान्सरको उपचार पूर्ण सम्भव हुने वैज्ञानिकहरुले बताएका छन् ।

टार्गेटेड थेरापीलाई हामीले अर्को तरिकाले बुझौँ न । हामीले नै पनि यसलाई जटिल रोगको उपचारमा प्रयोग हुने आधुनिक हात हतियार संग तुलना गर्दछौँ । जसरी पृथ्वीको एक स्थानमा बसी पृथ्वीको अर्को स्थानमा एउटा लक्षित केन्द्रविन्दु बनाई मिसाइल प्रहार गर्न सकिन्छ त्यसरी नै काम गर्दछ टार्गेटेड थेरापीले ।

एउटा अत्याधुनिक सुक्ष्म यन्त्र जसले उपचारको क्रममा एक मात्रै हैन विभिन्न क्षेत्रबाट काम गर्दछ । र, त्यो लक्षित स्थानमा पुग्न संकेत दिई त्यस स्थानमा सकुसल पुगि त्यहाँ संकेत दिए बमोजिम का गर्दछ । जसले गर्दा क्यान्सर रोगको उपचार सम्भव हुन सक्ने भएको हो । टार्गेटेड थेरापी क्यान्सर रोगको उपचारमा प्रयोग हुने नयाँ विधि हो ।

यो पहिले प्रयोग भईरहेको केमो थेरापी भन्दा अब्बल मानिन्छ ।

जस्तै केमोथेरापीले क्यान्सरको कोषिकाहर मार्ने काम गर्छ तर टार्गेटेड थेपारीले क्यान्सर कोषिकालाई मार्ने मात्रै होईन क्यान्सर कोषिका उत्पादन हुने कार्यलाई समेत बन्द गरिदिन्छ ।

हालैको नयाँ अनुसन्धानका अनुसार टार्गेटेड थेरापीले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि आकर्षित गर्दछ जसले गर्दा हाम्रो शरीरले पनि क्यान्सर रोगसंग प्रतिकार गर्ने क्षमताको बृद्धि गराउँदछ । यो केमोथेरापी भन्दा अति नै सुरक्षित र प्रभावकारी सिद्ध छ ।

#डा. त्रितालले झेजियाङ विश्वविद्यालय चीनबाट नानो मेडिसिन अन्तर्गत टार्गेटेड थेरापीमा पीएचडी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *