तीस लाख नेपालीलाई बाथ रोगको समस्या

काठमाडौँ २६ असोज । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा। बुद्धि पौडेलले सो तथ्य प्रकाश पारे ।
नेपाल बाथरोगमैत्री समाजद्वारा आज यहाँ आयोजित विश्व बाथरोग दिवसका अवसरमा उनले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने जानकारी दिए ।
उनले उक्त रोगको समयमै उपचार नगरिए शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिए ।
पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिए ।
उनले बाथरोगलाई धेरैजसोले केवल ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुख्ने समस्यालाई समयमा उपचार गर्न आग्रह गरे ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रत्येक वर्ष १२ अक्टोबरमा विविध कार्यक्रमका साथ यो दिवस विश्वभर मनाउँदै आएको छ ।
समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनाइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



