नवौँ तहका कन्सल्टेन्ट डाक्टरलाई स्वास्थ्य मन्त्रालयले गर्‍यो पदमुक्त

काठमाडौँ, २७ साउन । स्वास्थ्य मन्त्रालयले अधिकृत नवौँ तहका एक जना कन्सल्टेन्ट चिकित्सकलाई सेवाबाट हटाएको छ । मन्त्रालयले विना जानकारी लामो समय अनुपस्थित रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा ओमबिजु पन्तलाई सेवाबाट हटाएको हो ।

डा. पन्त कोशी अस्पताल विराटनगरमा कार्यरत थिए ।

मन्त्रालयले लोक सेवा आयोग (उजुरी तथा विभागीय सजाय परामर्श शाखा)बाट गत १५ साउनमा प्राप्त परामर्श सम्वन्धी पत्र अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (१)को खण्ड (ज) को कसुरमा सोही ऐनको दफा ७० को खण्ड (ख) को (१) बमोजिम भविस्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको उल्लेख गरेको छ ।

ऐनको दफा ७४ को उपदफा (१) को खण्ड (ज)मा पदस्थापन भएको वा काज खटाइएको कार्यालयमा हाजिर भई काम नगरेमा सेवाबाट सेवाबाट हटाउन सकिने भन्ने व्यवस्था राखिएको छ ।

मन्त्रालयले आज सूचना जारी गरेपनि यसको लागू २ बैशाख २०७५ देखि नै लागू भएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *