बीपी प्रतिष्ठान धरानमा एक पुरुषको शरीरबाट नौ केजी ट्युमर निकालियो

धरान, १९ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले एक व्यक्तिको शरीरमा रहेको नौ किलोग्राम तौलको ट्युमर हटाइदिएका छन् । गत ९ साउनमा सप्तरीका ५५ बर्षीय पुरुषको जटिल शल्यक्रिया गरी ट्युमर हटाईदिएका हुन् ।

प्रतिष्ठानका अनुसार ती पुरुषको पेटको पछिल्लो भाग ( रेट्रोपेरिटोनियल ) मा ट्युमर देखिएको थियो ।

प्रतिष्ठानले जी.आई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल विक्रम देवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
ट्युमर पलाएका व्यक्ति उपचारका लागि गत ३१ असारमा अस्पताल आएका थिए ।

डा देवका अनुसार सामान्यतया रेट्रोपेरिटोनियल ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूलो रगतको नशा मिर्गौला र यसबाट आएको पिसावको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई संचालन गर्ने स्नायुहरुसंग गाँसिएको हुनाले यस्तो सर्जरी जटिल मानिन्छ ।

उनले ती बिरामीको शल्यक्रियामा पनि ट्युमरको साथै मिर्गौलाबाट आएको पिसावको नली पनि काटेर जोड्नु परेको साथै बाँया भागको इन्टरनल इलिक आर्टररी बाध्नु परेको बताए ।

यस्तै उनले शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणाल विक्रम देवको नेतृत्वमा जी.आई सर्जरी विभागबाट गरिएको थियो । सो शल्यक्रियाका लागि प्रा.डा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न थिए । साथै एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन रहेका थिए । नर्सिङका टिममा गीता बि.क., रेनुका चौधरी र शोभा राईको संलग्नता थियो ।

अस्पतालले शल्यक्रिया पछि आईसीयूमा दुई दिनको बसाई र सर्जरी वार्डको छ दिनको बसाईपछि गत १७ साउनमा विरामी निको भई डिस्चार्ज भएका थिए ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर