सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा गर्ने गाँउपालिकाको निर्णय

कपिलवस्तु, ९ साउन । कपिलवस्तुको यसोधरा गाउँपालिकाले चालु आर्थिक वर्ष भित्र सबै घर परिवारलाई अनिवार्य रुपमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको छ । गाउँपालिकाको चाल आर्थिक बर्ष २०७९/८० को स्वीकृत गरेको बार्षिक नीति तथा कार्यक्रममै यो वर्ष भित्र सबैलाई स्वास्थ्य बीमामा अनिवार्य रुपमा आवद्ध गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकलाई आफूकहाँबाट उपलव्ध हुने सेवा सुविधामा समेत प्राथमिकता पर्ने उल्लेख गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले सेवा सुविधा प्राप्तका लागि पनि स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन गाउँबासीमा अनुरोध गरेका छन् । उनले गाउँपालिकामा हाल कार्यरत सात जना दर्ता सहयोगी रहेको भन्दै उनीहरुसंग सम्पर्क गरी स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन भनेका छन् ।

विसं २०७२ साल देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । यद्धपी अहिलेसम्म ७ वटा स्थानीय तहमा यो कार्यक्रम सुरु हुन बाँकी नै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *