प्रत्यारोपण केन्द्र र प्रसूतिगृह अस्पतालमा चिकित्सक नर्स तथा प्यारामेडिक्सलाई जागिरको अवसर

काठमाडौँ, ५ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ठूलो संख्यामा चिकित्सक नर्स तथा अन्य विधाका कर्मचारीहरु करार सेवामा नियुक्ति गर्न दरखास्त आव्हान गरेका छन् ।

प्रत्यारोपण केन्द्र भक्तपुरले ६ जना मेडिकल अधिकृत, ६ जना नर्स सहित २० जना कर्मचारी करार सेवामा नियुक्त गर्न दरखास्त आव्हान गरेको छ । सूचनामा योग्यता पुगेका ईच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त बुझाउन भनेको छ ।

यता थापाथलीस्थित प्रसूतीगृह अस्पतालले एक जना शाखा अधिकृत, स्टाफ नर्स केही र अन्य प्यारामेडिक्सका लागि दरखास्त आव्हान गरेको छ । प्रसूतिगृहले योग्यता पुगेका नागरिकले १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *