स्वास्थ्यको १२ औँ तह बढुवाका लागि दुई जना डाक्टरको नाम सिफारिस

2.0k
Shares

काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्न दुई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयमा मंगलबार (आज) बसेको बढुवा समितिको बैठकले १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।

नाम सिफारिसमा पर्ने डा बराकोटी मेची अस्पतालमा कार्यरत छन् । यस्तै डा मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रायको समन्वय महाशाखामा कार्यरत छिन् ।

स्वास्थ्यमा अहिले १२ औँ तहको एउटा पद रिक्त छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको पुष्टि गरे । उनले दुई मध्ये एक जनालाई मन्त्रिपरिषद बैठकले १२ औँ तहमा सिफारिस गर्ने बताए ।

स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *