काठमाडौमा आज थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

388
Shares

काठमाडाँै, १२ असार । काठमाडौँमा आज थप ३ जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाटन अस्पतालमा भर्ना भई उपचार गराईरहेका २ जना र स्टार अस्पतालमा उपचार गराईरहेका १ जनामा हैजा पुष्टि भएको हो ।

यो संगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १२ पुगेको छ ।

महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार यसअघि काठमाडौंको बागबजारमा २ जना, ललितपुरको सानेपमा १ जना, थानकोटमा १ जना, नैकापमा १ जना, बल्खुमा १ जना, बालाजुमा १ जना, डिल्लीबजारमा १ जनामा हैजा भेटिएको थियो ।

गर्मी बर्खा र काठमाडौँमा थुप्रिएको फोहरका कारण संक्रमणले गति लिएको चिकित्सकहरुले अनुमान गरेका छन् ।

यसैबीच नेपाल खानेपानी संस्थान, स्वास्थ्य मन्त्रालय, खाद्य तथा गुण नियन्त्रण विभाग, खानेपानी तथा सरसफाई अभियान, काठमाडौँ महानगरपालिका, उपत्यकाका तीनवटै स्वास्थ्य कार्यालयहरुले संयुक्त रुपमा खानेपानीको गुणस्तर जाँच गर्ने, खाद्यान्नको गुणस्तर जाँच गर्ने लगायतका कामहरु सुरु गरेको छ । साथसाथै जनचेतनाका कामहरु पनि अघि बढाएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *