चौबिस घण्टामा १२ जना कोरोना संक्रमित थपिए , १६ जना डिस्चार्ज भए

काठमाडौँ, ३१ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ४७३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ७ जनामा र ८६८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९३ रहेको छ ।


Leave a Reply

Your email address will not be published.