चौबिस घण्टामा थपिए १९ जना कोरोना संक्रमित, १२ जना संक्रमणमुक्त

काठमाडौँ, २९ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार २ हजार १ सय ६२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र १ हजार २ सय ९१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ६ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *