स्वास्थ्य शिक्षा उपलव्ध गराउने शिक्षण संस्थामा बर्षको दुई पटक विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । सरकारले स्वास्थ्य शिक्षा उपलव्ध गराउने शिक्षण संस्थाहरुलाई बर्षको दुईपटक विद्यार्थी भर्ना गर्ने गरी क्षमता विकास गर्ने बताएको छ । मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपरोस र विदेशी मुद्राको समेत बचत होस भनेर यस्तो नीति अघि सारिएको जनाएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा स्वास्थ्य शिक्षा उपलव्ध गराउने शिक्षण संस्थाहरुले बर्षको दुईपटक विद्यार्थीहरुलाई भर्ना गर्ने गरी क्षमता विकास गरिने बताए ।

उनले जनसंख्याको अनुपातमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अपर्याप्तता भएको अवस्थालाई हेरेर स्वास्थ्य शिक्षामा प्रमाणपत्र तह देखि विशिष्टिकृत उच्च शिक्षासम्मको अध्ययनलाई सहज बनाउन भर्ना संख्या, भर्ना प्रक्रिया र संस्थागत व्यवस्था सम्वन्धमा आवश्यक कानूनी प्रवन्ध मिलाउने समेत जानकारी दिए ।

यस्तै नेपालमा मेडिकल शिक्षा अध्ययन्मा विदेशी विद्यार्थीहरलाई आकर्षित गर्न आवश्यक पूर्वाधार सहित विभिन्न स्थानमा मेडिकल कलेज स्थापना गर्न सहजीकरण गर्ने समेत उल्लेख गरेका छन् ।

त्यसो त गत १० जेठमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा दुई दुईवटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना गरिने उल्लेख छ ।

आइतबार प्रस्तुत भएको बजेटमा पनि विश्वविद्यालयहरु संगको सहकार्यमा प्रदेश सरकार अन्तरगर्तका अस्पतालहरुमा मेडिकल कलेज स्थापना गर्ने नीति लिईनेछ भनिएको छ ।

जसमा बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पताल, सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पताल तथा गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्वन्धित विश्वविद्यालय अन्तगर्त मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै सरकारले यसबर्षको बजेटमै डडेल्धुरामा नयाँ मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने समेत उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *