थप २० वटा केन्द्रीय तथा प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरिने

काठमाडौँ, १५ जेठ । सरकारले जेष्ठ नागरिकलाई विशिष्ठिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न केन्द्रीय र प्रादेशिक गरी थप २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थ मन्त्री जनार्दन शर्माले थप २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

यस्तै उनले आगामी आर्थिक बर्षको बजेटमा सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधिहरु निशुल्क गर्ने व्यवस्था मिलाएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *