दुल्लू नगरपालिकाको नव निर्वाचित प्रमुखको निर्णय : गर्भवती, सुत्केरी र नवजात शिशुका लागि एम्बुलेन्स सेवा निशुल्क

दैलेख, ६ जेठ । दैलेखको दुल्लू नगरपालिकाले गर्भवती सुत्केरी तथा नवजात शिशुका लागि एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका नव निर्वाचित प्रमुख भरतप्रसाद रिजालले शुक्रबार पदवहाली गर्ने क्रममा सो निर्णय गरेका हुन् । बिरामीहरुले निशुल्क सेवा लिनका लागि दुल्लू अस्पतालको सिफारिस चाहिन्छ ।

निर्णयमा भनिएको छ, ‘नगरपालिका भित्रका गर्भवती तथा प्रसूति महिला र नवजात शिशुको अकालमा ज्यान जान सक्ने अवस्था विद्यमान रहेको, सुरक्षित प्रसूति सेवा प्रदान गर्ने शिलशिलामा दुल्लू अस्पतालबाट प्रदान हुने सेवा अप्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायतका आवश्इकता अनुसार सो भन्दा उच्च तहको सेवा प्राप्त गर्न उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिको बिरामीर्लाइ लैजानु पर्ने आकस्मिक अवस्था आएमा एम्बुलेन्स निशुल्क प्रदान गरिनेछ ।’

गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दुल्लू नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेद्धार बिजयी भएका छन् ।

प्रमुखमा बिजयी भएका रिजालले ७ हजार ७२५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रुद्रबहादुर शाहीले ७ हजार ५९२ मत प्राप्त गररेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *