सिराहा नगरपालिकाको मेयरमा डा. नविन यादव विजयी

 

काठमाडौँ, ५ जेठ । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सिराहा नगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका डा. नविन यादव विजयी भएका छन्।

उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डा. यादवले नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धार बनेका उपेन्द्रकुमार यादवलाई पराजित गरेका हुन् । उनले ८ हजार ७३२ मत ल्याएका छन्।

डा. यादव बालरोग विशेषज्ञ हुन्। उनले सिराहामा क्लिनिक चलाउनुका साथै राजनीतिमा सक्रिय छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *