आज थप ५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर पाँच जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ६०० जनाको आरटीपीसीआर र १ हजार १४८ जनाको एन्टीजेन गरी कुल २ हजार २१४ जनाको कोरोना परीक्षण गर्दा ४ जनाको पीसीआर र १ जनाको एन्टीजेनबाट पोजेटिभ देखिएको छ ।

मन्त्रालयले यहि अवधीमा १७ जना निको भएर घर फर्केको र आज कसैको मृत्यु नभएको समेत स्पष्ट पारेको छ ।

मन्त्रालयले आजको विवरण सहित देशभर २३० जना सक्रिय संक्रमित रहेको समेत जानकारी दिएको छ ।

३१ डिसेम्बर २०१९ मा चीनको उहानमा पहिलो पटक देखा परेको कोभिड १९को नयाँ नयाँ भेरियन्ट देखा पर्दा पूर्ण नियन्त्रण आइसकेको छैन् । अहिलेसम्म यो भाइरसबाट नेपालमा ११ हजार ९५१ जनाको ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *