एमाले अध्यक्ष ओलीको दन्त परीक्षण गर्न बालकोट पुग्यो केडीसीको टोली

एमाले अध्यक्ष ओलीको दाँत परीक्षण गर्दै डा. प्रतिक्षा

काठमाडौँ, १६ बैशाख ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको छ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बाट मोवाइल डेन्टल भ्यान लिएर निजी निवास बालकोट पुगेको चिकित्सकहरुको टोलीले शुक्रबार दिउसो ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेका हुन् ।

‘केही दिन यता उहाँको दाँत दुख्ने समस्या रहेछ । परीक्षण गर्दा थाहा भयो, किराले खाएको रहेछ । विविध कारणले गर्दा त्यसलाई निकाल्नु पर्ने नै देखियो । तर उहाँले अरु नियमित औषधि खाईरहेको र अन्य परीक्षण पनि गर्नु पर्ने भएकोले अहिलेलाई थाती राख्यौँ । चुनाव पछि थप उपचार गर्ने योजना बनाएका छौँ,’ अस्पताल निर्देशक डा. प्रतिक्षा श्रेष्ठले भनिन् ।

अस्पतालकै स्वरुपमा रहेको मोवाइल डेन्टल भ्यान सहित गएको चिकित्सक टोलीको नेतृत्व केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले गरेका थिए ।

उनीसहित क्रेनियो म्याग्जीलोफेसियल सर्जन डा सुमित सिंह, ओरल मेडिसिन एण्ड रेडियोलोजिष्ट डा प्रतिक्षा श्रेष्ठ, इन्डोडोन्टिस्ट डा गुन्जना रिमाल सहित ९ जनाको टोली बालकोट पुगेको थियो ।

ओलीको मुख तथा दन्त स्वास्थ्य परीक्षण पहिले देखि नै केडीसीको चिकित्सक टोलीले गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *