अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

140
Shares

न्युयोर्क । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ । एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि मंगलबार कोभिड १९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

‘आज मैले परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको छ । तर लक्षणहरु केही छैन् । र म आजै देखि आइसोलेसनमा बसेकी छु र सीडीसीको मापदण्ड अपनाएकी छु । मैलै खोपको दुबै मात्रा पछि बुस्टर डोज पनि लगाएँ यसमा पनि म खुशी छु,’ मंगलबार अपरान्ह उनले टीटरमा लेखेकी छन् ।

उपराष्ट्रपतिका प्रेस सल्लाहकार क्रिस्टन एलेनले रयापिड र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणमा कोभिड पोजेटिभ आएको बताए । उनले उपराष्ट्रपति ह्यारिसले आफ्नै निवासमा आइसोलेसनमा बसी दैनिक अत्यावश्यक कामहरु जारी राख्ने समेत बताए ।

‘सप्ताह व्यापी यात्रामा बाहिर निस्किएको कारण पछिल्लो समय उहाँ राष्ट्रपति र प्रथम महिलासंग क्लोज कन्ट्याक्टमा हुनु भएको छैन् । त्यसैले अहिले उहाँ मात्रै सरकारी निवासको आइसोलेसनमा फिजिसियनको निगरानीमा बस्नुहुन्छ । जब रिपोर्ट नेगेटिभ आउँछ त्यसपछि मात्रै ह्वाइट हाउस छिर्नुहुन्छ,’ एलेनले भनिन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *