क्रिस्ट्रियानो रोनाल्डोको नवजात शिशुको निधन

एजेन्सी । विश्वचर्चित फुटवलर क्रिस्टियानो रोनाल्डोका लागि १८ अप्रिलको दिन सबैभन्दा खराब रह्यो । ३७ बर्षीय रोनाल्डो र उनकी २८ वर्षीया श्रीमती जार्जिना रोड्रिगेजले सोमबार जुम्ल्याहा सन्तान त जन्माए तर जन्मने वित्तिकै एक जना सन्तान गुमाउनु परयो ।

जुम्ल्याहा सन्तानको रुपमा जन्मिएका नवजात शिशु (छोरा र छोरी) मध्ये छोराको निधन भएको छ । त्यसको जानकारी रोनाल्डो आफैले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

सोमबार अवेर राती रोनाल्डो ले ट्वीटरमा लेखेको छन्, ‘निकै दुखको साथ हामीले यो जानकारी दिनका लागि बाध्य भएका छौँ । हाम्रो नवजात शिशु (छोरा)को निधन भएको छ । यो एक आमा बाबुका लागि सबैभन्दा बढी दुखको अवस्था हो । हाम्रो छोरीको जन्म ले नै हामीलाई तागत दिन्छ र यो दुखलाई सहन सक्ने शक्ति दिने विश्वास लिएका छौँ । हामी सबै डाक्टर नर्सलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ जसले हामीलाई साथ दिनुभयो । यो घटनाबाट हामी पूर्ण रुपमा निरास छौँ सबैलाई हाम्रो गोपनीयताको ख्याल गर्न अपिल समेत गर्दछौँ । हाम्रो छोरा हाम्रो परि थियो हामी उसलाई सधै भरी माया गर्नेछौँ ।’

पहिले नै ४ सन्तानका पिता थिए रोनाल्डो
३७ वर्षका रोनाल्डो र जार्जिनाको सन्तानको रुपमा पहिले नै एक छोरी छन् । जसका नाम अलाना मार्टिना हो । यसबाहेक रोनाल्डो जुम्ल्याहा बच्चा ईवा र आतेओको पनि पिता हुन् । उनका पूर्व प्रेमिकामार्फत जन्मिएका ११ वर्षका छोरा क्रिस्टियानो जुनियर समेत छन् ।
रोनाल्डोले गत अक्टोबरमा आफूहरु जुम्ल्याहा सन्तानको आमा बाबु बन्न लागेको खुलासा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *