भारतमा अझै पनि दैनिक ११ सय संक्रमित

80
Shares

नयाँ दिल्ली, २६ चैत । कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ ।

रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *