आयुर्वेद चिकित्सक संघमा आयो नयाँ कार्यसमिति, अध्यक्षमा डा श्यामबाबु यादव
काठमाडौँ, २० चैत । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा श्याबाबु यादव निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न दशौँ राष्ट्रिय सम्मेलनबाट डा यादवको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
निर्वाचन मत परिणाम अनुसार संघको बरिष्ठ उपाध्यक्षमा डा. शंकर गौतम र महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै प्रादेशिक उपाध्यक्षहरुमा प्रदेश नं १ बाट डा अभिषेक ताम्राकार, मधेश प्रदेशबाट डा सुजित यादव, बागमती प्रदेशबाट डा नन्दन कंडेल र गण्डकी प्रदेशबाट डा सरोजकुमार राय निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेशबाट डा देबराज केसी, कर्णाली प्रदेशबाट डा शंकरप्रसाद रिजाल र सदुरपश्चिम प्रदेशबाट डा खगेन्द्रबहादुर बम निर्वाचित भएका छन् ।
निर्वाचनबाट महासचिवमा डा. कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी, कोषाध्यक्षमा डा शारदा खनाल निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा. नरेन्द्र लामिछाने, डा. कैलाश न्यौपाने, डा. ऋषि केशव भुसाल, डा राजकुमार साह, डा हरि खनाल, डा सुवर्ण पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरुमै जनजाती तर्फ डा जिनेन्द्र श्रेष्ठ, मधेसी तर्फ डा दीपककुमार मण्डल, महिला तर्फ डा सरिता बजगाईं, दलित तर्फ डा कलावती विक निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
सम्पर्क इमेल : [email protected]