खोप, स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खोप, स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्ने बताएका छन् ।
बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने बताए ।
साथै उनले नेपाल कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्।
उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



